७ मंसिर २०७५, शुक्रबार

काठमाडाैँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले हालै सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण शेयर (अाइपिअाे) बाँडफाँडमा ढिलाइ भइरहेकाे छ । गत कार्तिक १५ गतेदेखि १९ गतेसम्म निष्काशन गरेकाे आईपिओ बाँडफाडमा तिहार बिदाले गर्दा केही ढीला भयाे भने कितपयले दाेहाेराे अावेदन दिएका कारण ज्यादा ढिलाइ भएकाे बताइएकाे छ ।

कम्पनीकाे शेयर अब मंसिर ११ गते बाँडफाँडको हुने बिक्री प्रबन्धकले जनाएकाे छ । पहिलेका चरणमा समेत अावेदन गरेर शेयर हात पारिसकेका केहीले दोहोर्याएर आवेदन दिएकाले साेकाे छनबिन गर्ने क्रममा बाँडफाँड ढिलाइ भएकाे हाे । यसरी दाेहाेरे अावेदन गर्नेहरुको आवेदन स्वत रद्ध हुने भएकाे छ ।

यसअघि सञ्चयकोषका बचतकर्ता, ऋणदाता संस्थाका कर्मचारी र आयोजना प्रभावित दाेलखाका स्थानीय बासिन्दाका शेयर बिक्री गरिसकिएकाे थियाे । ती चरणमा आवेदन गरिसकेका शेयरधनीले पनि यसपटक नियमविपरीत पुन: आवेदन गरेका कारण तथ्याङ्क भेरिफिकेशनमा ढिलाइ भएकाे  बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सनराइज क्यापिटलले जनाएका छन् ।

सर्वसाधारणका लागि निष्काशन गरिएको १ करोड ५० लाख ९० हजार ७५० कित्ता (कर्मचारी र मुचुल फन्डलार्इ छुट्याएर) शेयरका लागि ३ लाख ४६ हजार बढीले आवेदन गरेका थिए । कुन ६ करोड ७० लाख कित्ताका लागि ६ अर्ब ७० कराेड बराबरकाे अावेदन परेकाे थियाे ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार सबै आवेदकलाई न्यूनतम ४० कित्ता बाँडफाँड हुने निश्चित भएकाे छ । अधिकतम प्राप्त गर्नेले गोलाप्रथाबाट थप १० कित्ता गरी कूल ५० कित्ता पाउनेछन् ।

LIVE TV