७ मंसिर २०७५, शुक्रबार

काठमाडाैं। सत्तारुढ पार्टी नेकपाको हिजोदेखि जारी सचिवालय बैठक आज पनि बस्दैछ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा आज कार्यदलले तयार पारेको संगठन एकीकरण र पार्टी केन्द्रिय सदस्यको जिम्मेवारी बाँडफाँड सम्बन्धि प्रस्तावलाई अन्तिम दिइने बताइएको छ । महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको दुई सदस्यीय कार्य दलले सांगठनिक एकीकरण र पार्टी केन्द्रिय सदस्यहरुको जिम्मेवारी बाँडफाँडका लागि प्रस्ताव तयार पारेको थियो ।

आजको बैठकमा असन्तुष्ट २२ केन्द्रीय सदस्यको पत्रबारे पनि छलफल हुने छ । यसअघि हिजो बसेको बैठकले स्थायी समितिको बैठक छिट्टै बोलाउने निर्णय गरेको थियो । यद्धपि मिति भने तय गरेको छैन । बैठकले सांगठनिक एकीकरण र पार्टी केन्द्रिय सदस्यहरुको कामको बाँडफाँडका लागि स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV