७ मंसिर २०७५, शुक्रबार

काठमाडौं । सरकारले सिन्डिकेट अन्त्य घोषणा गरेको आठ महिनामा सार्वजनिक यातायातका पाँच हजार साधन मात्रै कम्पनीमा दर्ता भएका छन् । करिब चार लाख गाडी अझै कम्पनी ऐनअन्र्तगत दर्ता प्रक्रियामा आएका छैनन ।

यातायात व्यवस्था विभागका अनुसार करिब चार लाख सार्वजनिक यातायातका साधन कम्पनी ऐनअन्र्तगत दर्ता हुन बाँकी छन् । सरकारले मंसिर मसान्तसम्ममा सबै सार्वजनिक यातायतका साधन कम्पनीमा दर्ता गर्न समयसीमा तोकेको छ ।

अबको २२ दिनमा ४ लाख गाडी कम्पनीमा दर्ता हुने सम्भावना नरहेको यातायात विभागका अधिकारीहरु बताउँछन् । विभागका अनुसार पछिल्लो समयमा यातायातका साधन कम्पनीमा दर्ता हुने क्रम पुरै ठप्प भएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV