६ मंसिर २०७५, बिहीबार

काठमाडौं, ६ मंसिर । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’ को आज ३०४ औं एपिसोड हो । आजको यस विशेष एपिसोडमा विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा राजधानीका चलेका कजेजहरुमा पढाउने भारतीय नागरिक वि.एस गौतम भट्टचार्याले आफ्नै विद्यार्थीलाई ब्याकमेल गरि बलात्कार गर्ने गरेका समाचारको फलोअप प्रस्तुत गरिएको छ ।

आजको एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. अदालतबाट भन्दै बलात्कारी प्रोफेसरको वकिलको फोन पीडित किशोरीलाई !

काठमाडौं, ६ मंसिर । गएको कार्यक्रममा राजधानीका चलेका कजेजहरुमा पढाउने भारतीय नागरिक वि.एस गौतम भट्टचार्याले आफ्नै विद्यार्थीलाई ब्याकमेल गरि बलात्कार गर्ने गरेको देखायौ ।

५४ वर्षीय भट्टाचार्यले आफ्नी छोरी समानकी किशोरीको नग्न फोटो भिडियो राखेर ब्ल्याकमेल गर्ने गरेका रहेछन् ।

२. भैरवहाको मालपोत कार्यालयमा विचौलियाहरुको बिगबिगी

भैरवहा । सर्वसाधरण नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयमा विचौलिया नभएको सायदै कुनै कार्यालय होला । अझ मालपोत कार्यालयहरु त विचौलियाका अखडा नै हुन ।

विचौलियाबाट कार्यालय मुक्त गराउन मालपोत कार्यालयहरुको काम अनलाई प्रक्रियामा गएपनि विचौलियालाई कुनै असर गरेको छैन ।

३. चितवन मेडिकल कजेजले जिल्ला प्रशासन कार्यालयको निर्देशन पनि मान्दैन

चितवन । विद्यार्थीसँग सरकराले तोकेको भन्दा ४ लाख बढी शुल्क माग गर्ने चितवन मेडिकल कलेजलाई जिल्ला प्रसासन कार्यालय चितवनले सरकराले ताकेको मात्रै शुल्क लिन निर्देशन दिएको छ ।

LIVE TV