६ मंसिर २०७५, बिहीबार

चितवन । विद्यार्थीसँग सरकराले तोकेको भन्दा ४ लाख बढी शुल्क माग गर्ने चितवन मेडिकल कलेजलाई जिल्ला प्रसासन कार्यालय चितवनले सरकराले ताकेको मात्रै शुल्क लिन निर्देशन दिएको छ । आइओएमले बिएसी नर्सिङ कोर्सको लागि कुल ७ लाख ४८ हजार तोकेकोमा सिएमसीले प्रति विद्यार्थी ४ लाख बढी शुल्क नतिरेसम्म अन्तिम परीक्षाको फर्म भर्न दिएको छैन ।

हामीले निरन्तर रिपोर्टिङ गरेपछि जिल्ला प्र्रसासन कार्यालयले कलेज संचालक डा हरिस चन्द्र न्यौपानेलाई उपस्थित गराई बयान लिएको छ । बयानपछि बढी शुल्क नलिन प्रशासनले निर्देशन दिएको हो ।

तर यस अघि पनि पटक पटक सिएमसीका विरुद्ध बिद्यार्थीसँग ठगी गरेको विषयमा उजुरी परे पनि कुनै सुनवाई भएको थिएन । सधै निर्देशनमा मात्रै सिमित हुने गरेको विद्यार्थीको गुनासो छ । जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएपनि कलेजमा विद्यार्थीलाई भने ४ लाख तिर्नै पर्ने भनिरहेको विद्यार्थीले बताएका छन् । जिल्ला प्रशासन कार्यालयले भने थप अनुशन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV