६ मंसिर २०७५, बिहीबार
  • देवराज पन्त,

मकवनपुर, ६ मंसिर । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावमा काम गर्न नसकेको गुनासो पुनः दोहो¥याउनु भएको छ । आज हेटौंडामा तीन नम्बर प्रदेशको आर्थिक विकास रणनीति निर्माणको लागि आयोजित कार्यक्रममा उनले केन्द्र सरकारले पर्याप्त कर्मचारी उपलब्ध नगराउँदा सरकारले सोचेजस्तो काम गर्न नसकेको दाबी गरेका हुन् ।

तीन नम्बर प्रदेशसँग अन्य प्रदेशसँग भन्दा पर्याप्त स्रोत साधन रहेको भन्दै मुख्यमन्त्री पौडेलले समस्याकाबीच पनि प्रदेश सरकारले राम्रो काम गर्ने प्रयास गरिरहेको बताए । सरकार गठन भएको आठ महिनाको बीचमा ठूला काम गर्न सम्भव नरहेको भन्दै ३३/३४ प्रतिशत कर्मचारीको भरमा काम गर्न नसकिने उनको भनाई छ । हेर्दाखेरी सरकारले काम गर्न नसकेको देखेपनि आन्तरिक समस्या समाधानमा केन्द्र सरकारले सहयोग नगरेको मुख्यमन्त्री पौडेलको गुनासो छ । कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री युवराज दुलालले विकासलाई उत्पादनसँग जोडेर लैजानुपर्ने बताए ।

प्रदेश तीनका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेल, तीन नम्बर प्रदेशसभाका बिभिन्न समितिका सभापतिहरु, प्रदेश सरकारका मुख्य सचिव आनन्दराज ढकाल लगायत उपस्थित दुईदिने कार्यक्रममा १३ जिल्लाका नगर र गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिहरुको पनि सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV