६ मंसिर २०७५, बिहीबार

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाऊ बढेको छ ।

बुधबार प्रति तोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको फाइन गुणस्तरको सुन बिहीबार १ सय रुपैयाँले बढेर ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजावी सुन ५८ हजार १ सय रुपैयाँमा खरिदविक्री भएको छ । चाँदी प्रति तोला ५ रुपैयाँले बृद्धि भई ७ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले प्रति दश ग्राम फाइन गुणस्तरको सुन ५० हजार ७० रुपैयाँ, तेजावी सुन ४९ हजार ८ सय १५ रुपैयाँ र चाँदी ६ सय १७ रुपैयाँ ५० पैसा तोकेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा घटबढ हुँदा नेपाली बजारमा पनि मूल्य समायोजन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV