६ मंसिर २०७५, बिहीबार

गुलरिया ।  ‘हाम्राे अावाज चेलिबेटी बेचबिखनमुक्त समाज’ भन्ने मूल नाराका साथ बर्दियाकाे सदरमुकाम गुलरियामा मानव बेचबिखन बिरूद्ध जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

युनिसेफकाे अार्थिक सहयाेग र माईती नेपालकाे अार्थिक सहयाेगमा सञ्चालन गरियकाे कार्यक्रममा उपस्थित भएका सराेकारहरूले बर्दिया जिल्लामा मानव बेचबिखनबिरूद्ध सबै एकजुट भएर लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा बाेल्दै दलित महिला संघ बर्दियाका हिमा सुनारले १६ दिने महिला हिंसा नयूनीकरण अन्तरगतकाे दालित महिला अभियन्ताहरूका लागि कानूनसम्बन्धी कार्यक्रम र दलित महिलाहरूकाे न्यायमा पहुँच अभिवृद्धि गराउनकाे लागि न्यायिक समितिसँग संवाद कार्यक्रम अगाडि बढाएकाे बताइन् ।

गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरिले तराईका जिल्लाहरू भारतीय सीमासँग खुलारूपमा जाेडिएका कारण मानव बेचबिखनका घटना बढी हुने गरेकाे बताइन् ।

साे क्रममा अाेरेक नेपाललगायतका संस्थाहरूले मानव बेचबिखनविरूद्ध कार्यक्रम अगाडि बढाएकाे जानकारी गरायका थिए ।  माईती नेपालका कार्यक्रम संयाेजक केशव काेईरालाले महिला हिंसा न्युनीकरणका लागि १६ दिने अभियानमा सबै मिलेर कार्यक्रम गर्नुपर्ने र मानव बेचबिखन न्युनीकरण गर्न जिल्लाका सबै सराेकारबालाहरू एकजुट हुनुपर्नेमा जाेड दिए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV