६ मंसिर २०७५, बिहीबार

काठमाडौं। चलचित्र ‘गोपी’को पहिलो गीत ‘लक्ष्मी कहिले काली’ रिलिज गरिएकाे छ। गीत भजन शैलीकाे रहेकाे छ ।

दिपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘गोपी’ काे यस गीतमा साहित्यकार बुद्धिसागरको शब्द र अर्जुन पोखरेलकाे कम्पाेज रहेकाे छ । अर्जुनले आफ्ना पिता बाबुराम पोखरेलकाे सहयाेगमा गीत कम्पोज गरेका हुन् । गीतमा धुरव विस्को र एन्जिला रेग्मीले आवाज भरेका छन् ।

गीतमा मुख्य कलाकार विपिन कार्की, वर्षा राउत छमछमी नाचेका छन् । उनीहरूलार्इ अंकित खड्का, भोला सापकोटा लगायतले साथ दिएका छन् ।

चलचित्रमा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय रहेको छ । फिल्म माघ १८ बाट प्रर्दनमा अाउँदै छ । श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV