५ मंसिर २०७५, बुधबार

सुनसरी । कोशी करिडोर २ सय २० केवीए प्रशारण लाइन विस्तारको काम धरानमा रोकिएको छ ।

धरान उप–महानगरपालिका–२० स्थित विष्णुपादुका क्षेत्रबाट प्रशारण लाईन विस्तार गर्दा प्रत्यक्ष असर पर्ने भन्दै स्थानीयले अवरोध गरेपछि काम रोकिएको हो । काम सुरु हुनुभन्दा अघि नै असन्तुष्टि जनाए पनि वेवास्ता गरिएका कारण अबरोध गर्नुपरेको स्थानीयको भनाइ छ ।

स्थानीयले प्रशारण लाइनको रुट परिवर्तन गर्न माग गरेका छन् । प्रशारण लाइनले साविक विष्णुपादुका क्षेत्रको पर्यटकीय संभावना अन्त्य गर्ने, प्रस्तावित विमानस्थल, प्याराग्याडिङ र माछामारामा निमार्णाधिन ब्रिटिस गोर्खास्मृती पार्कलाई समेत असर पार्ने स्थानीयको भनाइ छ ।

LIVE TV