५ मंसिर २०७५, बुधबार
  • सन्तोष काफ्ले,

सुनसरी, ५ मंसिर । एसियाकै उत्कष्ट मानिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिन प्रतिदिन वेतिथि बढ्दै गएको छ । सेवा सुविधासँगै काम कारबाही समेत प्रभावित हुन थालेका छन् ।

सेवा, उपचार तथा अनुसन्धानमा देश मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित भए पनि पछिल्लो समयमा पदाधिकारीबीचको बेमेलको कारण धारासायी बन्न पुगेको छ । पदाधिकारीबीचको बेमेलसँगै कर्मचारीहरुको मन लाग्दी समेत बढेको छ ।

प्रतिष्ठान नन प्राटिक्सिङ संस्था भए पनि यहा काम गर्ने शिक्षक चिकित्सक तथा कर्मचारीहरुले अन्यत्र काम गर्न पाउदैन भने कुनै राजनीतिक दल वा अन्य राजनीतिक दलसँग सम्वन्धित कुनै पनि संघ संगठनमा आवद्ध हुन समेत प्रतिष्ठानको नियामावलीले रोक लगाएको छ ।

कुनै राजनीतिक दल वा दल निकटका संघ संस्थामा आवद्ध भएको निलम्बनसम्म हुने व्यवस्था रहेको छ, तर प्रतिष्ठानको सुचना शाखामा कार्यरत कर्मचारी सुजेन्द्र तामाङ नियमावली विपरित खुलम खुल्ला राजनीति गर्दै आएका छन् ।

उनी नेपाली कांग्रेसका सुनसरी सचिव तथा प्रवक्त हुन् । प्रतिष्ठानको कर्मचारी कल्याण समाजका अध्यक्ष समेत रहेका तामाङ कार्यलमा समेत नगई राजनीतिक कार्यक्रममै व्यस्त रहन्छन् ।

्उनि कार्यरत प्रतिष्ठानको सुचना तथा सञ्चार केन्द्र प्राय बन्द रहने गरेको छ । त्यसोत, उनले विदा समेत नलिने कार्यलय बन्द गरेर हिड्ने गरेका छन् । प्रतिष्ठानको नियमावली २०५५ को परिच्छेद १० . २६ को ७ मा कुनै पनि शिक्षक वा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाइने स्पष्ट उल्लेख छ ।

तर नियामवली विपरित खुलम खुल्ला राजनीति गरेर हिड्दा समेत प्रतिष्ठान प्रशासन भने मौन छ । स्यम सुजेन्द्र तामाङ आफू नेपाली कांग्रेसको जिल्ला सचिव भएको स्वीकार गर्छन् तर नियावलीले त राजनीति गर्न बन्द गरेको भनेर प्रश्न गर्दा उनी भन्छन्, ‘प्रतिष्ठान व्यवस्थापनले नियामवली विपरित भए किन केही नगर्दैनन् त ?’

उनि आफू प्रतिष्ठानमा समयमा अवधिभर काम गर्ने गरेमने दाबी समेत गर्छन् । यो विषयमा वुझ्न प्रतिष्ठानका उपकुपतिलाई बारम्बार फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV