५ मंसिर २०७५, बुधबार

काठमाडौं । सीमा भारतबाट बुधबार करीव १ सय २५ केजी अवैध रूपमा ल्याएकाे मरिच बरामद गरेको छ । एपीएफ टोलीले  भन्सार छली ल्याएकाे मरिच बरामद गरेकाे हाे ।

ना १ ह ४९२९ नम्बरको ई रिक्सामा नेपालतर्फ ल्याउँदै गरेको उक्त मरिच सशस्त्र प्रहरी बल नेपाल गुल्मबाट सशस्त्र प्रहरी नायव निरीक्षक नरबहादुर रानाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको जनाइएकाे छ । एपीएफ टोलीले बरामद मरिच तथा ई रिक्सा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विरगञ्जमा बुझाएको छ । उक्त मरिच तथा ई रिक्साको भन्सार दाखिला मूल्य करीव १ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

यसैगरी सिराहा जिल्लाको सिराहा नगरपालिका १७ स्थित पटेरुवाबाट मंसीर ४ गते एपीएफ टोलीले करीव १ लाख २१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका औषधी बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV