५ मंसिर २०७५, बुधबार
  • दान बहादुर बुढा

काठमाडौं । नेपालीहरुको महान चाड दशैँ तिहार सकिए लगतै कर्णाली प्रदेशका बस्तीहरु खाली हुन थालेका छन । कर्णाली प्रदेशका युवाहरु तराईका ठूला विकसित शहर सुर्खेत,नेपालगंज, बिरटनगर,बुटबल,भैरहवा (काला पहाड) भारत र बिदेशमा जान थालेपछि गाँउ बस्तीहरु खाली हुन थालेको हो ।

यूवाहरु गरीबी अशिक्षा,बेरोजगार भएको हुनाले पैसा कमाउन रोजी रोटी घर खर्च चलाउनको लागि काला पहाड भारत जाने गरेका छन । केही युवाहरु पढाई लेखाईको लागि शहर तिर जाने भएको हुँदा जुम्ला,हुम्ला ,कालीकोट,डोल्पा,जाजरकोट,दैलेख र सुर्खेत भ्याली भन्दा बाहिरका बस्तीहरु पनि युवाहरु बिहीन भएका छन । केन्द्रीय सरकार प्रदेश सरकारले र स्थानीय सरकारले बेरोजगार युवाहरुलाई कुनै पनि युवा लक्षित कार्याक्रम नल्याएको हुँदा युवाहरु बाध्य भएर भारतको हिमाल चुल ,देरमदुन तिर घर परिवार बाल बच्चाहरुलाई पाल्नको लागि जानु परेको छ ।

धेरै दुः ख गर्नु पर्छ कुनै पनि ठोस ब्यापार हुदैन । यता स्थानीय सरकार भ्रष्टचारीहरुका पात्र छन । युवा लक्षित कुनै पनि कार्यक्रम ल्याउदैन। नयाँ सरकार संघीयता आयो भनेको त संघीयता सोझा जनतहरुको लागि बंङ्गगुर हुल्ने खोर जस्तो भएको छ । भन्दै सरकारलाई गाली गर्दै युवाहरु भारत तिर लागेका ओखरपाटा गाँउ बस्र्ने रतन बुढाले बताएका छन ।

भारतको गल्ली गल्लीमा भारी बोक्ने ,भाँडा ,कपडा धुर्ने साथै हिङ्ग सिलाजीत,जडीबुटीको ब्यापार गर्ने जस्ता काम गरेर पैसा कामाउने गर्छन् । उनीहरु उक्त काम गरेर घरमा श्रीमती ,बाल बच्चा र बुढा आमा बुबाको लागि जिवन निर्वाह गर्दै आएका छन् । सरकारले जुनसुकै लोकप्रीय युवाका लागि नारा ल्याय पनि उनीहरुको पीडा भने ज्युका त्यु रहेको छ । सरकारले युवाहरुलाई दक्ष बनाई प्रयोग नगरेपछि उनीहरू अफ्नाे ज्यान र घर परिवारलाई बचाउनको लागि युवाहरु बाध्य भएर भारतमा रोजिरोटीको लागि जानु परेको मुन बहादुर बुढाले बताएका छन ।

कुनै पनि बिवाह, बर्तब्रनध,मृत्यू ,बिरामी हुँदा पनि सहयोग गर्ने खालका युवाहरु अधिकांस बस्तीहरुमा हुँदैनन् । धेरै जसो बुढा बुढी,बाल बच्चा र महिला मात्र रहेका हुन्छन् । कणाली प्रदेशका सबै जिल्लामा बिकास निमार्णका कामहरु पनि ठप्प हुँदै गएको छ । केही साना विकासका योजनाहरु सन्चालन भए पनि यसमा महिला बच्चाहरुको सहभागीता हुर्ने गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV