५ मंसिर २०७५, बुधबार

काठमाडौं । तातोपानी नाका सञ्चालनमा ल्याउने भएको छ ।

नेपाल–चीन तातोपानी नाका जेठसम्ममा सञ्चालन गर्ने तयारी भएको हो। विनाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालनमा ल्याउन नेपाल–चीन दुवै देश लागि परेको छ । सडक विभागले सडक मर्मत–सम्भार र पुनस्र्थापनाका लागि चाँडै टेण्डर गर्ने भएको छ । जेठसम्ममा नाका सञ्चालन गर्ने तयारी भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठसहितको टोलीले दसैंलगत्तै तातोपानीको भौतिक संरचना बनाएर ‘मे ’मा नाका खुल्ने आश्वासन दिएका थिए । विनाशकारी भूकम्पपछि हालसम्म बन्द रहेको तातोपानी नाका बन्द हुँदा सीमाको जनजिवन कष्टकर बन्दै गइरहेको छ ।

चीनसँगको मुख्य ब्यापारिक नाका रहेको तातोपानी अहिले सुनसान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV