५ मंसिर २०७५, बुधबार

बेझाड पाल्पा ।  जनता आधारभूत विद्यालय निस्दी गाउँपालिका– ५ पाक्दी पाल्पामा पुस्तकालय भवन निर्माणका लागि एक जापानी नागरिकबाट रु चार लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ ।

पाल्पालाई कर्मथलो बनाउँदै आउएका जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले सो विद्यालयमा पुस्तकालय भवनको अभाव भएपछि रु चार लाख आर्थिक सहयोग गरेका हुन्।  साथै विद्यालयको भूइँबसाइ र ¥याक निर्माणका लागि उहाँले रु ५० हजार आर्थिक रकम सहयोग गरेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष दुर्गा सोमैले बताए ।

यसैगरी ओकेबाजेले सरस्वती मावि निस्दी गाउँपालिका–५ कठैडाँडामा गरीब तथा जेहेन्दार विद्यार्थीको नाममा छात्रवृत्तिका लागि रु दुई लाख अक्षयकोष स्थापना गरिदिए । उनले विद्यालयमा स्मार्ट पार्टी खरीद गर्न रु ५० हजार रकम पनि सहयोग गर्नुभएको प्रधानाध्यापक चन्द्रकान्त गैरेले बताउए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV