५ मंसिर २०७५, बुधबार

काठमाडाैं । वीर अस्पताल न्यूरो सर्जरी युनिटका प्रमुख प्राध्यापक डा. ध्रुवराज अधिकारीको राजीनामाबारे स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण दिएको छ । मंगलबार ‘चाकडी र घुसको रकम पुर्‍याउन नसकेको’ भन्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गरी  बुझाएकाे राजिनामा पत्रबारे मन्त्रालयले स्पष्टीकरण दिएको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले डा. अधिकारी पदस्थापन गरिएको अस्पतालमा नगएको बताएका छन् । डा. अधिकारीले सरुवा भएको ठाउँमा अनिवार्यरुपमा जानुपर्ने नियमको उल्लंघन गर्दै राजीनामा दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनेकै स्थानमा सरुवा गर्न खटाइएको ठाउँमा १ पटक हाजिर गर्नैपर्ने प्रावधानअनुसार आग्रह गर्दा पनि अटेरी गरी उल्टै राजीनामा गरेको उल्लेख छ ।

प्रवक्ता श्रेष्ठका अनुसार, गत चैत १८ गते नवौं तहमा नियुक्ति भइ पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पदस्थापन गरिएको थियो। तर, उनी काजमा वीर अस्पतालमा कार्य गरिरहेका थिए ।

प्राध्यापक डा. ध्रुवराज अधिकारी, जसको राजीनामाले सञ्चारमाध्यम र सामाजिक सञ्जाल मात्र होइन सरकारी निकायमा पनि हंगामा पिटेको छ । प्रधानमन्त्री, विभागीय मन्त्री र मुख्य सचिबले चासोपूर्वक राजीनामाबारे स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीलाई सोधका छन् ।

२०३२ सालदेखि सरकारी सेवामा कार्यरत अधिकारीको २०४५ सालदेखि आठौं तहबाट बढुवा भएको थिएन । एक वर्षअघि नवौं तहमा बढुवा भयो । बढुवा लगत्तै वीर अस्पतालबाट सरुवा गर्ने तयारी भएपछि अधिकारीले उमेर हदका कारण जागिरे जीवन चार/पाँच महिनाभन्दा बढी छैन् भन्दै स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीदेखि मन्त्रीसम्मलाई नवौं तहको दरबन्दी खाली रहेको वीरमै राखिदिन आग्रह गरेका रहेछन् । तर, त्यसका लागि चरम चाकडी र घुसको अपेक्षा गरिएको यिनको दावी छ ।

सम्बन्धित समाचार

हरे नेपालका मन्त्री र कर्मचारीतन्त्र : जहाँ पनि घुसकै चर्चाले सुशासन सुस्तायो

वीर अस्पताल न्यूरो सर्जरी युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीको राजीनामाले तरंग

प्रतिक्रिया दिनुहोस्
LIVE TV