५ मंसिर २०७५, बुधबार

काठमाडाैं । युइएफए नेसन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलामा पोर्चुगल पोल्यान्डसँग बराबरीमा रोकियो छ। लिगको सेमिफाइनलमा स्थान बनाइसकेको पोर्चुगल लिग चरणको अन्तिम खेलमा पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदान डोम अलफान्सो मैदानमा भएको खेलमा आन्द्रे सिल्भाको गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । सिल्भाले रेनाटो सान्चेजको पासमार्फत गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको थियो ।

पहिलो आफमा १–० को अग्रता बनाएको पोर्चुगल ६३औं मिनेटमा १० खेलाडीमा समेटियो । ६३औं मिनेटमा पोर्चुगलका ड्यानिलो परेराले अर्काडिउज मिलिकलाई डि–बक्समा गम्भीर फल गर्दा सोझै रातो कार्ड पाउँदा पोल्यान्डले पेनाल्टीको मौका पाएको थियो । सोही पेनाल्टीलाई मिलिकले सदुपयोग गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।

बराबरीपछि लिग ए को समूह ३ मा रहेको पोर्चुगलको ४ खेलबाट ८ अङ्क पुग्यो । पोल्यान्डले २ अङ्क मात्र जोड्न सक्दा इटालीले ५ अङ्क जोड्यो ।

LIVE TV