५ मंसिर २०७५, बुधबार

काठमाडाैं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राती भएको खेलमा ब्राजिल र फ्रान्सले संघर्षपूर्ण जित निकालेको छ । ब्राजिलले क्यामरुनलाई १-० ले पराजित गरेको छ भने विश्व विजेता फ्रान्सले पनि उरुग्वेलाई १-० गोलले अन्तरले पराजित गरेको छ ।

ब्राजिलका लागि खेलको एक मात्र गोल वैकल्पिक खेलाडी रिचार्लीसनले नै गरे । उनले पहिलो हाफको अन्तिम समयमा गरेको हेडर गोल निर्णायक सावित भयो । यता पहिलो हाफसम्म फ्रान्सलाई बराबरीमा रोकेको उरुग्वेले दोस्रो हाफमा भने गोल खान पुग्यो । फ्रान्सलाई जित दिलाउनका लागि खेलको ५२ औं मिनेटमा जिराउडले पेनाल्टीबाट गोल गरे । जिराउडले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक गोल बन्यो । खेलअवधिभर उरुग्वेले निकै राम्रो प्रदर्शन गरे पनि गाेल भने गर्न सकेन ।

Image result for neymar injury

खेलको सुरुवाती समयमै ब्राजिलकाे फरवार्ड नेयमार भने चोट बोक्दै बाहिरीका थिए । खेलको आठौं मिनेटमा नै ब्राजिलका कप्तान समेत रहेका नेयमार तिघ्राको चोट बोकेपछि मैदान छाड्न बाध्य भएका थिए । उनलाई लगत्तै ब्राजिलको मेडिकल टोलीले परिक्षण गरेपनि अन्य स्क्यानपछि मात्र चोटको गम्भीरता बारे थाहा हुने बताइएको छ ।

रसियामा सम्पन्न भएकाे विश्वकपबाट चर्चा पाएका किलीएन एम्बाप्पे पनि घाइते भएका छन् ।  उरुग्वेका गोलरक्षकसँग ट्याकल गर्ने क्रममा उनी मैदानमा लडेका थिए । उनको काँधमा चोट लागेको छ ।

Image result for mbappe injury

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV