४ मंसिर २०७५, मंगलवार

काठमाडौं । शेयर बाजरमा परिसूचक नेप्से मंगलबार पनि घटेको छ । बैंक तथा वित्तीय संस्थाहरुले दिन लागेको नगद लाभांशलाई लगानीकर्ताले नरुचाउँदा विक्रीचाप बढेको छ । जसले गर्दा कारोबार रकम समेत प्रभावित भएकोे छ ।

मंगलबार शेयर बजारमा परिसूचक नेप्से ८ अंक बढिले घटेर १ हजार १ सय ८२ अंक भन्दा तल झरेको छ । सेन्सेटिभ परिसूचक पनि झण्डै २ अंकले घटेको छ । १ सय ४५ कम्पनीको १७ करोड ५० लाख बराबरको कारोबार भएको छ । बजारमा कमर्शियल बैंकको शेयरमा लगानीकर्ता आकर्षित भएपनि परिसूचकमा भने गिरावट आएको छ।

पछिल्लो समय बैंकमा तरलता कम हुनु, व्याजदर बढनु, अनलाइन कारोबारमा लगानीकर्ता अभ्यस्त हुन नसक्नु र बैंकहरुले नगद लाभांशमा जोड दिएकाले शेयर परिसूचक प्रभावित भएको हो । सानिमा इक्युटि फण्ड र किसान माइक्रोफाइनान्सका लगानीकर्ताले ५ प्रतिशत भन्दा बढि कमाएका छन । एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले झण्डै १० प्रतिशतले गुमाएका छन् । इन्स्योरेन्सले हकप्रद शेयर विक्री गर्न थालेपछि बजारमा भाउ घटेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV