४ मंसिर २०७५, मंगलवार

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले अध्यक्ष मण्डलको संयोजक राजेन्द्र महतोलाई बनाएको छ ।

राजपा अध्यक्षमण्डलको आज बसेको बैठकले बहुमतका आधारमा संयोजकको जिम्मेवारी महतोलाई दिने निर्णय गरेको छ । एकताका बेला भएको सहमति अनुसार चक्रिय प्रणालीबाट महतोले संयोजकको जिम्मेवारी पाएको बताइएको छ । यद्यपि, बैठकमा अनिलकुमार झा र महन्थ ठाकुर निर्णयको विपक्षमा उभिएका थिए ।

बैठकले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी बहन गरेकोमा महन्थ ठाकुरप्रति आभार प्रकट गरेको छ । पछिल्लो समय ठाकुरको जिम्मेवारीलाई लिएर पार्टीभित्र विवाद सुरु भएको थियो ।

ठाकुरले पार्टीभित्र कुनै ठोस निर्णय लिन नसकेको आरोप लाग्ने गरेको थियो । यसअघि छ पार्टी एक हुँदा चक्रिय प्रणालीअनुसार प्रत्येक दुई महिनामा संयोजक परिवर्तन हुने सहमति भएको थियो । तर, निर्णय कार्यान्वयन नहुँदा ठाकुर करिब डेढ वर्ष अध्यक्ष मण्डलको संयोजक थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV