४ मंसिर २०७५, मंगलवार

काठमाडौँ । प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता मंसिर ७ देखि ९ गतेसम्म नेपालमा आयोजना हुने भएको छ ।

एसियन फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेस एएफबीएको आयोजनामा प्रतियोगिता हुन लागेको हो । नेप्लिज फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेस एनएफबीएफले आज पत्रकार सम्मेनल गर्दै प्रतियोगिताको जानकारी गराएको हो । प्रतियोगितामा पुरुष शारीरिक सुगठनतर्फ विभिन्न सात तौल समूह र पुरुष फिजिकलतर्फ तीन उचाई समूहमा प्रतिष्पर्धा हुनेछ । यस्तै महिलातर्फ फिटनेश खुला र महिला फिजिकतर्फ दुई उचाई समूहमा प्रतिष्पर्धा गराइनेछ ।

प्रतियोगिताका लागि कूल ४२ लाख खर्च हुने र विदेशी खेलाडीको लागि दर्ता शुल्क ३ सय ५० अमेरिकी डलर तोकिएको आयोजकले जनाएको छन् । प्रतियोगिताको लागि दक्षिण एसियाका सात र अफगानिस्तान गरी कूल ८ राष्ट्रका खेलाडीले प्रतिष्पर्धा गर्ने छन् । नेपाल बाहेकका देशबाट करिब ५० विदेश खेलाडीले सहभागीता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV