४ मंसिर २०७५, मंगलवार

काठमाडौँ । राष्ट्रिय टिमका युवा क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगमा अनुबन्धित भएका छन ।

पाकिस्तान सुपर लिगको अक्सनमा छनौट भएका सन्दिपलाई आज लाहोर कलन्दरले टिममा अनुबन्ध गरेको हो । सन्दिपलाई लाहोरले ५० हजार अमेरीकी डलरमा अनुबन्ध गरेको हो । उनी गोल्ड क्याटगोरीमा रहँका उनको पारिश्रमिक बढ्न पनि सक्नेछ । अव सन्दिपले पाकिस्तानी सुपर लिगमा विश्वका उत्कृष्ट खेलाडीमा एवी डिभिलियर्स, यासिर शाह साहिद अफ्रिदी अघ सलमान, सोहिल अख्तर, मोहम्मद हफिज लगायतका खेलाडीसँग सहकार्य गर्नेछन् ।

इन्डियन प्रिमियर लिग, क्यारोवियन प्रिमियर लिग, क्यानेडियन प्रिमियर लिग, विगब्यास लिग र टी–१० क्रिकेट लिग पछि अब सन्दिप पाकिस्तानी सुपर लिगमा पनि छनोट भएका छन ।

LIVE TV