४ मंसिर २०७५, मंगलवार

नयाँ दिल्ली, ४ मंसिर । पछिल्लो समय नेपाल मात्रै नभएर छिमेकी राष्ट्र भारतमा पनि बलात्कारका घटनाहरुले उग्र रुप लिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा आमासँगै सडकमा सुतिरहेकी डेढ वर्षीया दूधे बालिका बालिका बलात्कृत भएकी छन् । २४ वर्षीय एक पुरुषले बालिकामाथि बलात्कार गरेको आरोप लगाइएको छ ।

दिल्लीमा भएको यस घटना यति दर्दनाक बन्यो कि अन्तर्राष्ट्रिय मिडियाहरुले पनि यस्लाई एउटा विक्षिप्त र कहालीलाग्दो घटनाको रुपमा सम्प्रेषण गरिरहेका छन् । यो घटनालाई लिएर सोसल मिडियामा समेत धेरैले आक्रोश ब्यक्त गरिरहेका छन् । साथै आरोपितलाई फाँसीको सजाय हुनुपर्ने माग गरिरहेका छन् ।
दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले घाइते ती बालिकाको तस्वीर सेयर गर्दै ट्वीट गरेकी छन्, ‘ डेढ वर्षीया बालिका, जसको साथमा बर्बरतापूर्ण बलात्कार भयो । कस्तो घटिया मानसिकता ! यस्तो जनावरलाई तुरुन्त फाँसी दिनुपर्छ । यो घटनामाथि केन्द्र सरकार धृतराष्ट्रको झै आँखा बन्द गरेर बसिरहेको छ । सरकारलाई व्युँताउँन अनसनसमेत बसियो, अब के गरौं ?’

प्रहरीले अनिल नामका एक आरोपीलाई पक्राउ गरिसकेको छ । जानकारी गराइए अनुसार ती आरोपी अनिल ड्रगको नशामा थिए । उसले ति अबोध बालिकालाई यौन शोषण गरेर पुरानो दिल्ली रेलवे स्टेशनको ट्र्याकमा बाँधेर छाडेका थिए ।

यो घटना गत शुक्रबारको हो । सो समयमा ती बालिका आफ्नो आमाको साथमा सुतिरहेकी थिइन् । तर, राति २.३० बजेको समयमा ती बालिका त्यहाँबाट एकाएक गायब भएकी थिइन् ।

एक बरिष्ठ प्रहरी अधिकारीले भने, ‘शुत्रबार उत्तरी दिल्लीको कोतवाली इलाकाको फुटपाथमा आफ्नो आमासँग ती बालिका सुतिरहेकी थिइन् । यसै यसै मौकामा ती बालिकालाई अपहरण गरिएको थियो ।

बलात्कार पश्चात ती बालिकालाई रेलवे ट्र्याकमा बाँधेर छोडिएको थियो । प्रहरीको मदतले उनी बच्न सफल भइन् । अहिले उनको अस्पतालमा भइरहेको छ । सीसी क्यामेराको फुटेजबाट प्रहरीले अपराधीको पहिचान गरेको हो । जसलाई चोरीको आरोपमा तीन महिना पहिले पनि पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV