४ मंसिर २०७५, मंगलवार

काठमाडौँ । । मंगलबार नेपाली बजारमा सुनचाँदीको भाऊ घटेको छ ।

सोमबार प्रति तोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गुणस्तरको सुन ४ सय रुपैयाँले घटेर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भयो । त्यस्तै तेजावी सुन ५८ हजार रुपैयाँमा खरिदविक्री भएको छ । चाँदी प्रति तोला १० रुपैयाँले घटेर ७ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले फाइन गुणस्तरको प्रति दश ग्राम ४९ हजार ९ सय ८५ रुपैयाँ, तेजावी सुन ४९ हजार ७ सय ३० रुपैयाँ र चाँदी ६ सय १३ रुपैयाँमा तोकेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा घटबढ हुँदा नेपाली बजारमा पनि मूल्य समायोजन हुँदै आएको छ । पछिल्लो समय नेपालमा डलरको भाउ घटदै गएकाले सुनचाँदीको मूल्य पनि सस्तिएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV