८०हजार घुससहित रुपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरि निरौला अख्तियारद्वारा पक्राउ



प्रकाशित मिति : Nov 20, 2018
  • कृष्ण पाण्डे

रुपन्देही । सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरि निरौला अवैध घुससहित पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भैरहवामा पक्राउ गरेको हो ।

टोलीले निरौलालाई ८० हजार रुपैयाँ घुस लिदालिदै पक्राउ गरेको हो । अहिले अख्तियारको टोलीले निरौलामाथि अनुसन्धान गरिरहेको छ ।

यसैबीच मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग लिएको अवैध रकम ८० हजारसहित पक्राउ परेका रुपन्देहीका जिल्ला न्यायाधीवक्ता निरौलालाई काठमाडौं ल्याइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंको टोलीले निरौलालाई आज पौने १२ बजे घुससहित सरकारी वकिलको कार्यालय भैरहवाबाट पक्राउ गरेको थियो ।

पक्राउ परेपछि उनीमाथि कार्यालयमा नै थप अनुसन्धान गरिएको अख्तियार प्रवक्ता रामेश्वर डङ्गोलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com