‘सर्वोत्कृष्ट सम्पादन २०७५’ को पपुलर अवार्ड युवराज खत्रीलाई
काठमाडौं। कला क्षेत्रको लामो संघर्षपछि रेस्पोन्सिभ मिडियाद्वारा आयोजित सागरमाथा म्यूजिक अवार्ड २०७५ मा पप बिधाको ‘सर्वोत्कृष्ट सम्पादन–अवार्ड–२०७५’ जित्न दृश्य सम्पादक युवराज खत्री सफल भएका छन् ।
सानैदेखि कलाकारिता क्षेत्रमा रूचि राख्ने खत्रीले २०६६ सालमा नेपाली इतिहासकै पहिलो पटक थामी भाषाको चलचित्र निर्माण गरेर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । उक्त चलचित्रले सोचेजस्तो प्रतिफल नपाएपनि उनले कार्यकौशलका कारण मेरो स्कूल ,दोखांङ, हाम्रो गाउँ जस्ता थुप्रै चलचित्रहरुमा सह–निर्देशन गर्ने अबसर पाए । त्यसपछि उनले टेण्डर नामक नेपाली कथानक चलचित्र निर्देशन गरे । उक्त चलचित्रको कथा र सम्पादन समेत खत्री आफैले गरेका थिए । अहिले पनि उनी निर्देशन, छायांकन तथा सम्पादन तीन वटै बिधामा निकै ब्यस्त छन् । उनी आफ्नो कर्मप्रति सन्तुष्ट छन् ।
पछिल्लो समय सम्पदानमा बढी व्यस्त खत्रीले करिब ५ सय म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् भने ७ सय वटा छायांकन र ९ सय भन्दा बढीको सम्पादन गरिसकेका छन् । त्यस्तै उनले आधा दर्जन चलचित्र छायांकन तथा सम्पादन समेत गरेका छन् ।
खत्री एक्सन फिल्मस प्रालीका प्रबन्ध निर्देशक समेत हुन्। सिन्धुपाल्चोक जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका–३, का खत्री बाल्यकालदेखि नै कला क्षेत्रमा रुचि राख्थे । अहिले उत्कृष्ट अवार्डबाट समनीत भएपछि उनी खुसी भएका छन् । र, जीवनभर कला साधनामा निरन्तर लाग्ने उनको प्रतिवद्धता छ ।