४ मंसिर २०७५, मंगलवार

काठमाडौं । सरकारले कोस्टल/पप्पु (जेभी) कन्स्ट्रक्सनलाई तत्कालका लागि कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन राेक लगाएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै अर्काे सूचना जारी नभएसम्मका लागि कुनै पनि टेन्डरमा भाग लिनबाट पप्पुलार्इ राेक लगाएकाे हाे ।

ठेक्का सम्झौता गरेर समयमै काम नसक्ने तथा गुणस्तरहीन काम गर्ने गरेकाे अाराेप खेप्दै अाएकाे कोस्टल/पप्पु जेभीलाई सिक्टा सिँचाइ आयोजनाकाे उजुरी एवं सिफारिसका अाधारमा कालाेसूची कारबाही बारे अनुगमन कार्यालयबाट टुंगाे नलाग्दािसम्मका लागि टेन्डरमा राेक लगाएकाे हाे ।

सिक्टा सिँचाइकाे उजुरीका अाधारमा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने र विकासमा समेत बाधा-अवरोध सिर्जना हुने कारण देखार्इ अनुगमन कार्यालयले टेन्डरमा सहभागी हुन राेक लगाएकाे हाे । पप्पुका कार्यशैलीबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्ने सम्भावना देखिएको सूचनामा उल्लेख छ ।

अनुगमन कार्यालयले यसअघि नै कम्पनीको ठेगानामा पठाइएको स्पष्टीकरण पत्र बुझ्न पप्पुले नमानेपछि साेमबार सार्वजनिक सूचना निकाल्दै ३० दिनभित्र स्पष्टिकरण दिन सार्वजनिक सूचना गरेकाे थियाे ।

राष्ट्रिय गाैरवकाे अायाेजना सिक्टा सिँचाइअन्तरगत डडुवा सिँचाइकाे ‘हेडवर्क्स’ निर्माणका लागि पप्पुले ठेक्का सम्झाैता हात पारेकाे थियाे । आयोजनाकाे २३ किलोमिटर लामाे नहर निर्माणका लागि २०७३ असारमा कोस्टल/पप्पु जेभीसँग सम्झौता भएकाेमा सम्झौताअनुसार यही कात्तिक १ गतेभित्र सबै निर्माण कार्य सकिनुपर्ने हाे । तर ७ प्रतिशत मात्र निर्माण प्रगति भएकाे र त्याे पनि गुणस्तरहीन पाइएपछि सरकारले कात्तिक २१ गते पप्पुसँगको ठेक्का तोडेको थियो ।

सम्बन्धित

पप्पुलार्इ कालाेसूचीमा राख्नेबारेकाे स्पष्टीकरण पत्र बुझ्न अानाकानी, ३० दिनभित्र जवाफ नदिए के हुन्छ ?

प्रतिक्रिया दिनुहोस्
LIVE TV