४ मंसिर २०७५, मंगलवार

वि।सं।२०७५ साल मंसिर ०४ गते । मंगलबार । ईश्वी सन् २०१८ नोभेम्बर २० तारिख । नेपाल सम्बत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । कार्तिक शुक्ल पक्ष । तिथि दुवादशी १२ घडी ३५ पला,मध्यान्ह १२ बजेर ४३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र रेवती,२८ घडी ११ पला,बेलुकी ०५ बजेर ४६ मिनेट उप्रान्त अश्विनी । योग सिद्धि,२७ घडि २३ पला,बेलुकी ०५ बजेर ०६ मिनेट उप्रान्त व्यातिपात । करण वालव,मध्यान्ह १२ बजेर ४३ मिनेट उप्रान्त कौलव,रातको १२ बजेर ५३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा शुभ योग । चन्द्रराशि मिन । पञ्चक बेलुकी ०५ बजेर ४५ मिनेट सम्म। प्रदोष व्रत। मन्वादि। चाँगुनारायणमा अखण्ड दीप दर्शन। रुरु९रिडी क्षेत्रमा हृषीकेश रथयात्रा। काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २६ घडी ३७ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यावसाय स्वत स्फुर्त रुपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केहि रकम बचत गर्न सकिनेछ । पढाई लेखाईमा अलि बढि समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्काला बुझ्न समय लागेपनि सम्बन्ध प्रगाड हुनेछ । बिदेस यात्रा हुने योग रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहररुका लागि दिन प्रभावकारी रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आफन्त तथा दाजुभाईसँग सामान्य कुरामा राज बाजिनेछ भने सम्यमित नभए अप्रिय भट्ना घट्न सक्छ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षति हुने योग रहेकोछ । आफुलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । पढाई लेखाईमा प्रशस्त समय खर्चिएपनि भनेजस्तो नतिजा आउने छैन । लगानी गर्न खोज्दै हुनुहुन्छ भने केहि समय पर्खनुनै उचित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त सँगको लेनदेन कारोबारले शत्रुत्रा बढ्नेछ । माया प्रेममा सामान्य मनमुटाब बढ्ने तथा श्रीमान श्रीमति बिचको सम्बन्धमा उतार चढाब बढ्नेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनितिमा जनताको साथ नपाईने हुदा पद प्राप्तीको योग टरेर जानेछ । व्यापारमा गरिएको लगानि पछिको लागि आम्दानि गर्ने माध्ययम बन्नेछ । कृषि तथा सहकारि व्यावसायबाट भने मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नोकरीमा पदोन्नती हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानि हुने ग्रहयोग रहेकोछ । प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवन साथिको पनि सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नसोचेको धन तथा सम्पति हात लागि हुनेछ भने चिट्ठा प्राप्तीको गतिलो योग रहेकोछ । आफन्त तथा दिदि बहिनिबाट सहयोग तथा समर्थन पाईनेछ । सुभचिन्तकको सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके फाईदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु राख्न सकिनेछ । प्रयत्न गर्दा पदिय जिम्मेवारी प्राप्त हुनेछ । व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने कर्म फल प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुदा भौतिक सम्पति तथा बिलाशि बस्तुहरु जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई बिवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडि बढ्नेछ भने पति पत्नि बिच आत्मियता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिने हरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आउनु पर्ने रुपैया पैसा नआउने तथा आफन्तलाई दिएको रुपैया पैसाले सत्रुता बढाउनेछ । धन सम्पति हराउने तथा चोरि हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्त सँग बिवाद बढ्नेछ । राजनितिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिष्पर्धिको रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउँनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुसि हुनेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । सवारी साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारणसँग सन्तुतिल व्यबहार गर्नुहोला काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जाने ग्रहयोग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजुभाईबाट सहयोग पाईने छैन भने बिवाद बढ्ने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मनपर्ने भोजन,उत्तम बस्त्र तथा विलाशी बस्तुको प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेको छ । धनस्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यावसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरु जोड्न सकिनेछ । काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेशा व्यावसायमा समय खर्चिनेहरुका लागि समयले साथ दिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेकोछ । तपाईको क्षमताको सबैतिर चर्चा हुनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । राजनिति तथा समाजसेवामा समय खर्चिने हरुले सम्मानित हुने योग रहेकोछ ।

  तपाईको दिन शुभ रहोस् ।
                                                                                                            ज्योतिषी गणेस काफ्ले ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV