३ मंसिर २०७५, सोमबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भइरहेका बेला वाणिज्य बैंकहरुले ऋणपत्र विक्री गर्न थालेका छन् । सिटिजन्स बैंकले पनि २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र विक्री गर्न लागेको हो । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको खुद नाफामा उच्च बृद्धि भएको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले ९ प्रतिशत ब्याजदरको २५ लाख इकाई ऋणपत्र १ हजार रुपैयाँका दरले जारी गर्न लागेको छ । २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र १० वर्षे अवधिको छ । बैंकले जारी गर्न लागेको ऋणपत्रको ८० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ व्यक्तिगत र २० प्रतिशत अर्थात ५० करोड रुपैयाँ सर्वसाधारणलाई विक्री गर्न लागेको हो । सिटिजन्स बैंकले ऋणपत्र विक्रीका लागि ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

सिटिजन्स बैंकले ऋणपत्र विक्री गर्दै

  • ९ प्रतिशत ब्याजदरको २५ लाख इकाई ऋणपत्र
  • २ अर्ब ५० करोड रुपैयाँको १० वर्ष अवधि
  • २ अर्ब रुपैयाँ व्यक्तिगत र ५० करोड रुपैयाँ सर्वसाधारणलाई

ग्लोबल आइएमई क्यापिटल विक्री प्रवन्धक नियुक्त
राष्ट्रिय वाणिज्य बैंक- राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ११ करोड ९० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गत वर्ष ७० करोड ९५ लाख रुपैयाँ कमाएको थियो । ९ अर्ब ४७ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले १ खर्ब ६४ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब २३ अर्ब ९० कारोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले जगेडाकोषमा १२ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ राखेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नाफामा उच्च बृद्धि

  • १ अर्ब ११ करोड ९० लाख रुपैयाँ खुद मुनाफा
  • ९ अर्ब ४७ लाख रुपैयाँ चुक्ता पूँजी
  • १ खर्ब ६४ अर्ब १६ करोड रुपैयाँ निक्षेप
  • १ खर्ब २३ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी
  • १२ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ जगेडाकोष

प्रतिक्रिया दिनुहोस्
LIVE TV