३ मंसिर २०७५, सोमबार

काठमाडौं । शहरीकरणसँगै फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ । काठमाडौं महानगरपालिकाले राजधानीको फोहोर व्यवस्थापनमा केही योजना बनाएपनि कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाले तयार पारेको शून्य फोहोरमैला व्यवस्थापन प्रणालीको व्यवहारिक पाटो नै जटिल देखिन्छ ।

‘फोहोरबाट मोहर’ काठमाडौं महानगरपालिकाको मुख्य लक्ष्य हो, यो । फोहोर वर्गिकरण गरी प्रशोधन गर्न सके फोहोरबाट मोहर निकाल्न सकिने योजना हो । उपत्यकामा निष्किने फोहोरको पुनः प्रयोग गर्न महानगर र नप वेस्ट अघि बढेको छ । परम्परागत फोहोर मैला व्यवस्थापन विधिलाई आधुनिक प्रविधिमा प्रशोधनको परीक्षण गरिएको छ ।

महानगरले टेकु ट्रान्सफर स्टेशनमा जैविक फोहोरमा माइक्रो बायो पोजेटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरियो । जसले फोहोरबाट उत्पादन हुने दुर्गन्ध हटाउँछ । तर, यो परिक्षण पर्याप्त र त्यति प्रभावकारी नभएको महानगरको भनाई छ । यता, नेप वेस्ट प्रालीले पनि फोहारको वर्गिकरण गरी फोहोरबाट नेपाली कागज बनाउन थालेको छ । धेरै अघिको योजना बल्ल परीक्षणसम्म आइपुगेको छ । यस्तो हुनुमा काठमाडौं महानगरपालिकाको उदासिन मान्ने पनि कम छैनन् । तर, महानगर स्वीकार गर्दैन ।

काठमाडौंमा मात्रै दैनिक १२ सय टन फोहोरमैला निस्किन्छ । १२ सय टन फोहोर मध्ये करिब ४० प्रतिशत फोहोर पुनःप्रयोग र डिस्पोज गर्न सक्ने अध्ययनले देखाएको छ । कुहिने फोहोर, नकुहिने फोहोर र धातुजन्य फोहोरलाई छुट्टा–छुट्टै व्यवस्थापन गरी फोहोर प्रशोधन र पुनःप्रयोग गर्न सके व्यवस्थापन गर्न सकिन्छ । हाल, काठमाडौंबाट निस्किने दैनिक फोहोर सिस्डोलमा रहेको डम्पिङसाइटमा फालिदै आएको छ । विस्थापन गर्ने फोहोर मध्ये फोहोरको वर्गिकरण सम्वन्धीत घरैले गरे फोहोर पुनःप्रयोग र डिस्पोज गर्न सक्ने सजिलो हुने छ । यसका लागि नागरिक पनि सचेत बन्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV