३ मंसिर २०७५, सोमबार
  • ज्योतिकुमार पन्थी,

बर्दिया, मंसिर ३ । बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा रहेको पुरानो विद्यालय बगलामुखी राधाकृष्ण थारू माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ । विद्यालय ब्यवस्थापन समितिले गत कात्तिक ३० गते विद्यालय प्रधानाध्यापक भेजेन्द्रबहादुर थापाको पधावधि सकिएपछि त्यही विद्यालयका शिक्षक यादवकुमार रेग्मीलाई प्रधानाध्यापक नियुक्ति गरेको बिरोधमा असन्तृष्ट पक्षहरूले अभिभावक भन्दै बिज्ञप्ती टाँस गरेर विद्यालयको मुल गेट र कार्यालयमा तालावन्दी गरेका हुन् ।

तालावन्दी गरिएको करिव दुई घण्टा पछि मात्र विद्यालयमा पठन पाठन शुरू भएको थियो भने तालावन्दी भने खुलेको छैन । विद्यालय व्यवस्थापन समितिको निर्णय कानून सम्वत तरिकाको भएको, विद्यालय ब्यवस्थापन समितिको बैठकमा बोलाउँदा समेत बैठकमा समेत नआउने गरेको, पटक पटक फोन गर्दा पनि अनुपस्थित भई समितिलाई माईन्युट समेत नदिएका कारण नयाँ माईन्युट बनाएर प्रधानाध्यापक परिवर्तन गर्नु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा चन्दले बताउनु भयो ।

उहाँले बैठकमा पटक पटक फोन गर्दा समेत नआएका कारण र समयावधि समेत सकिएकोले यादव रेग्मीलाई प्रधान्यापकमा नियुक्ति गरिएको पनि प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV