३ मंसिर २०७५, सोमबार

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

सोमबार एन्फा कम्प्लेक्स स्थित हलचोक मैदानमा भएको खेलमा संकटाले जाउलाखेल युथक्लबलाइ २–० ले पराजित ग¥यो । दुवै टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेकाथिए ।

तर खेलको १८ औं मिनेटमा संकटा १० खेलाडीमा झरेको थियो ।पहिलो हाफगोल रहित हुँदा दुवै गोल सकटाले दोस्रो हाफमा ग¥यो । उसक ालागि सेड्रिक अवाको दुई गोल नै निर्णायक बन्यो । यता, हिमालय शेर्पाले लिगमा पहिलो जित निकालेको छ । हलचोक स्थित शसस्त्र प्रहरीको मैदानमा भएको खेलमा शेर्पाले सरस्वती युथक्लवलाई एक शुन्यले पराजित गरेको हो । हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठको एक मात्र गोल निर्णायक बन्यो ।

यस्तै, आजै भएको तेश्रो खेलमा प्रविन स्याङतानको निर्णायक गोलसँगै एपीएफ क्लबले फेन्ड्स क्लबलाई १÷० गोल अन्तरले पराजित गरेको छ । एपीएफको जारी लिगमा यो पहिलो जितहो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV