३ मंसिर २०७५, सोमबार

बर्दिया । बर्दिया जिल्लामा रहेको बिन्द्रा महिला सामुदायिक वन उपभोक्ता समितिले सोमबार गुलरिया नगरपालिकाका उप प्रमुख सुशीला गिरी र डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्मालाई सम्मानित गरेको छ ।

गुलरिया नगरपालिका वडा नं ४ मा रहेको बिन्द्रा सामुदायिक बनले वन स्थापना र संरक्षणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकोले सम्मान गरिएको बिन्द्रा सामुदायिक वन उपभोक्ता समुह कि अध्यक्ष सीता श्रेष्ठले बताउनु भयो । सामुदायिक वन उपभोक्ता समितिले सम्मानित गरे पछि गुलरिया नगरपालिकाका उपप्रमुख गिरीले अवको दिनमा अझ बढी काम गर्ने हौसला बढेको बताउनु भयो ।

त्यसैगरि डिभिजन वन कार्यालय गुलरियाका सहायक बन अधिकृत द्रोण शर्माले पछिल्लो समय बर्दियामा सामुदायिक वन संरक्षणमा देखाएको भुमिका सराहनीय भएको र महिलाहरूले डिभिजन वन कार्यालयका तर्फबाट आफुलाई सम्मान गरेकोमा खुसी ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV