३ मंसिर २०७५, सोमबार

काठमाडाैं । छातीको अत्यधिक दुखाइले डाक्टर गोविन्द केसी अस्पताल भर्ना हुनुभएको छ ।छातीमा दुखाइ बढेपछि सोमवार विहान उहाँलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक विभागको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

विहान ४ वजे भर्ना गरिनुभएका डा केसीकाे रगत लगायतको चेकजाँच गरिएको छ यद्यपी रिर्पाेट भने आइनसकेको अस्पतालले जनाएको छ । डा.केसीलाई अस्पतालको २१५ नम्बर क्याबिनमा भर्ना गरिएको छ ।

उपचारमा संलग्न डा.अरुण सायमीका अनुसार छातिको दुःखाईमा सुरुमा इसिजी नर्मल आएपनि सचेत भएर निगरानी गर्नुपर्ने भएकाले अस्पताल भर्ना गरिएको हो । चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ पटक सम्म अनसन बस्नुभएका केसीको अनसनरत छँदा मुटुमा केही समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV