३ मंसिर २०७५, सोमबार

काठमाडौं । प्रहरी कन्ट्रोलको नम्बर ‘१००’ मा अब निःशुल्क एसएमएस गर्ने सकिने भएको छ । १३ औँ महानगरीय प्रहरी दिवसको अवसरमा आइतबार नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा निमित्त प्रहरी प्रमुख (एआईजी) पुष्कर कार्कीले निःशुल्क एसएमएस सुविधाको शुभारम्भ गरेका हुन् ।

नेपाल प्रहरीलाई १०० नम्बरमा एसएमएस गरी घटना र अपराधको जानकारी दिन सकिने  छ । यो सेवाले अपराध नियन्त्रणका लागि सूचना लिन सहज हुने विश्वास प्रहरीले व्यक्त गरेकाे छ ।

महानगरीय प्रहरी कार्यालयले आकस्मिक प्रहरी सेवाका लागी ‘१००’ नम्बरमा नि शुल्क कल गर्न पाउने सुविधा यसअघि नै विस्तार गरिसकेको छ । अब १०० मा गरिने एसएमएस पनि निःशुल्क गर्न पाइने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV