२ मंसिर २०७५, आईतवार

काठमाडाैँ । दुईवर्ष अघि सरकारले गरेको लगानी सम्मेलनमा बैदेशिक लगानीको प्रतिवद्धता अपेक्षा गरिएभन्दा बढी अयाो । १४ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएपनि अहिले सम्म भित्रिएको लगानी सन्तोषजनक भने छैन । लगानी गर्ने क्षेत्र निर्धारण नगरी पुनः दाता गुहार्ने तयारी गरेको छ ।

बैदेशिक लगानी भित्राएर ठूला पूर्वाधार निर्माण गर्ने र मुलुकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सरकारले लिदै आएको छ । जस अनुसार २०७३ मा सरकारले गरेको लगानी सम्मेलनबाट १४ खर्ब रुपैयाँ बैदेशिक लगानीको प्रतिवद्धता आएको थियो । तर सरकारले आएको लगानी प्रयोग गर्ने क्षेत्र र अयाोजना निर्धारण गर्न नसक्दा प्रतिबद्धता जनाएका मुलुक पनि लगानी गर्नबाट पछि हट्न थालेका छन् ।

चीनः  ८ खर्ब ३० अर्ब
भारतः ३१ अर्ब ७० करोड
बंगलादेशः  २ खर्ब
जापानः१  खर्ब
बेलायतः  १ खर्ब

यतिधेरै वैदेशिक लगानीको प्रतिबद्धता भएपनि लगानी बोर्ड र सरकारबीचको समन्वय अभाव नै लगानी नआउनुको मुख्य कारण मानिएको छ । हरेक विषयमा हुने राजनीतिक हस्तक्षेप र परामर्शदाता निकायको चलखेलले लगानी प्रभावित बनेको निष्कर्ष निकाल्न थालिएको छ ।

राजनीतिक स्थिरतासँगै लगानीको वातावरण बन्दा लगानी बोर्डसँग सम्बन्धित बाहेक अन्य क्षेत्रमा भने लगानी आएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कलाई आधार मान्ने हो भनेसानो पूँजी भएका उद्योगमा गत वर्षदेखि अहिलेसम्म १८ अर्ब ७४ करोड लगानी भित्रिएको छ । सम्भावित लगानी अनुसारको योजना निर्माण गर्न सरकार असमर्थ भइरहँदा पुनः लगानी सम्मेलन गर्ने लगानी बोर्डले तयारी गरेको छ ।

सम्मेलन गरेर विदेशी दातृ मुलुकले जनाएको प्रतिबद्धता अनुसारको लगानी ल्याउन नसकिरहेका बेला पुनः सम्मेलन गर्नुले अन्तराष्ट्रिय स्तरमा कस्तो सन्देश देला ?

प्रतिक्रिया दिनुहोस्
LIVE TV