२ मंसिर २०७५, आईतवार
  • ताराआचार्य

विराटनगर । नेपाली कांग्रेसलाई नयाँ योजना, सिद्धान्त र गतिशीलता दिन डा: सशांक कोइराला, डा शेखर कोइराला र सुजाता कोइरालाले पद र प्रतिष्ठा भन्दा माथि उठेर नेतृत्व दिने बताएका छन् ।

आइतवार विराटनगर स्थित कोइराला निवासमा स्थापना गरिएको जीपी फाउण्डेशनको प्रदेश कार्यालय संयुक्त रुपमा उद्घाटन गर्दै तीन कोइरालाले पार्टी मात्र नभ इमुलुकलाई नै एकताबद्ध बनाएर हिड्नुपर्ने बेला आएकोले को र कुन पद भन्दा माथि उठेर कोइराला परिवार एक भएर आएको र यसमा सघाउन आग्रह गरेका थिए ।

३ कोइराला के लिए इमेज परिणाम

कार्यक्रमलाई सम्बोधनगर्दै महामंत्री डा सशांक कोइरालाले मुलुकको आर्थिक समृद्धि र विकासका लागि गिरिजा प्रसाद कोइरालाले भने जस्तै राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकताहुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा नेपाली कांग्रेसका नेता डा: शेखर कोइराला र सुजाता कोइरालाले मुलुकमा दुई तिहाईको सरकार भएपनि राजनीतिक तरलता रहेको बताउदै राजनैतिक अस्थिरता भएकै कारण मुलुकले विकास र समृद्धि हासिल गर्न नसक्ने भएकाले मुलुकलाई एक जुट बनाएर अघि बढ्न कोइराला परिवार एक भएर अगाडि बढेको स्पष्ट पार्नुभयो ।

सो कार्यक्रमका अन्य वक्ताहरुले कोइराला परिवार एक जुट भएको देख्दा आफुहरु समेत उत्साहित भएको बताउदै तीनै जना कोइरालाले पहिले नेपाली कांग्रेस त्यसपछि मुलुकलाई नै एकताबद्ध गराउने विश्वास व्यक्त गरेका थिए ।कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् कांग्रेसका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको फोटो प्रदर्शनी आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV