२ मंसिर २०७५, आईतवार

पाकिस्तानका पत्रिकामा यस हप्ता इमरान खानकाे एक बयान निकै नै चर्चामा रह्याे ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पत्रकारसंगकाे कुराकानीका क्रममा भने- ‘यू-टर्न नलिनेहरू कहिल्यै सफल हुँदैनन् र जसले ‘यू-टर्न’ लिन जान्दैन त्योजत्तिको बेवकुफ नेता अरु कोही हुँदैन ।’

उनकाे याे बयानले पत्रिकाहरूमा मात्र नभर्इ सामाजिक संजालमासमेत निकै चर्चा पायाे । कुराकानीका क्रममा उनले याे पनि भने- ‘इतिहास साक्षि छ कि नेपोलियन र हिटलरले यू-टर्न नलिदाँ एेतिहासिक गल्ती गरे र उनीहरूले हार व्यहाेर्नुपर्याे।’

इमरानकाे यस बयानलार्इ विपक्षी पार्टिहरूले निकै मजाक पनि बनाइरहेका छन् । पाकिस्तान पिपुल्स पार्टीका नेता खुर्शीद शाहले भने- ‘इमरान खानले हिटलरकाे उदाहरण दिएर याे साबित गरे की उनी अाफू पनि हिटलर हुन् ।’

त्यस्तै मुस्लिम लीगका नेता सानिया आशिकले भनेका छन्- ‘इमरानले याे भन्न चाहेका छन् कि उनी पाकिस्तानका एकमात्र नेता हुन्, किनकी खान यूटर्न लिन निकै माहिर छन् ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV