भोलि उठी कहाँ जाने…, तीन दिनभित्र परिषद् खाली गर्न चिठी



प्रकाशित मिति : Nov 17, 2018

काठमाडौं। शुक्रबार दिउँसो लैनचौरस्थित समाज कल्याण परिषद् कार्यालय छिर्दा कर्मचारीहरू निराश देखिन्थे।

भवन विभागका सचिव, सहसचिवसहितको टोली आएर नाँपजाँच गरिसक्यो। शुक्रबारै परिसर वरपर रहेका घाँस र झाडी काटियो।

सरकारले बुधबार परिषद्लाई तीन दिनभित्र कार्यालय खाली गराउन निर्देशन दिएपछि परिषद्मा अनिश्चितता छाएको हो। आफ्नो भवन र जग्गा उपराष्ट्रपतिलाई सुम्पिने निश्चित भएपछि कर्मचारी निराश र आक्रोशित देखिए।

सामाजिक कामका लागि चन्दाबाट जोडिएको भवन र जग्गा गुमाउन उनीहरू चाहँदैनन्। दानबाट प्राप्त भएको परिषद्को जग्गा ०३७ सालमा सरकारको स्वामित्वमा गएको थियो।

सरकारी निर्णयको कडा प्रतिवाद गर्न कर्मचारी सकिरहेका छैनन्। तर शुक्रबार दिउँसो उनीहरूले विज्ञप्ति जारी गर्दै आन्दोलनका थप कार्यक्रम गर्ने जनाएका छन्।यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com