न्यूज २४ काे विशेष अभियानमा निर्मित सप्तरीकाे मुसहर वस्तीका ५२ घर हस्तान्तरण



प्रकाशित मिति : Nov 13, 2018

काठमाडाैँ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा न्यूज २४ टेलिभिजनको विशेष अभियानमा मुशहर वस्ती निर्माण सम्पन्न भएको छ । साे वस्तीकाे अाज एक कार्यक्रममार्फत हस्तान्तरण गरिएकाे छ ।

पुस २ गते सिलन्यास गरिएको आवास निर्माण तोकिएको मिति भन्दा ७० दिन अगाडि नै सम्पन्न भएसँगै मुशहरवासीलाई हस्तान्तरण गरिएको हो । वस्तीमा ५२ वटा घर निर्माण गरिएकाे छ ।

न्यूज २४ टेलिभिजनले जनताको साथ र सहयोगमा उठाएको रकमबाट निर्माण भएको वस्ती नेपालका प्रथम राष्ट्रपति रामवरण यादवकाे प्रमुख अातिथ्यमा हस्तानन्तरण गरिएकाे हाे । हस्तान्तरण कार्यक्रममा प्रथम राष्ट्रपति रामवरण यादवले बस्तीको अवलोकन समेत गर्नुभएको छ ।

२०७४ साउन २७ गते तरार्इका विभिन्न जिल्लासँगै सप्तरीको खाँडो नदीमा आएको बाढीका कारण कोइलाडी जलमग्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com