अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले आप्रवासीमाथि नयाँ नियम लगायो



प्रकाशित मिति : Nov 09, 2018

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले आप्रवासीमाथि नयाँ नियम लगाएको छ । नियम अनुसार दक्षिणी सीमाबाट अमेरिका प्रवेश गरेका आप्रवाशी आश्रयका लागि योग्य नहुने जनाएको हो ।

अमेरिकाको न्याय तथा होमल्याण्ड सुरक्षा विभागले आप्रवासी शरण वा आश्रयका लागि योग्य नहुने घोषणा गरेको हो । विभागले जारी गरेको वक्तव्यमा राष्ट्रपतिले देशको राष्ट्रिय हितका लागि आप्रवासलाई रोक्न सक्ने उल्लेख गरिएको छ ।

हालै भएको मध्यावधिक चुनावमा आप्रवासी प्रवेशमा कडाई ट्रम्पको प्रमुख मुद्दा बनेको थियो । चुनावी अभियानको क्रममा हाल समस्याको रुपमा निम्तन सक्ने देखिएका क्यारावान आप्रवासीमाथि लगातार तिखो आलोचना गरेका थिए ।

नयाँ नियम अनुसार अमेरिका–मेक्सिकोको सम्पूर्ण सीमाबाट प्रवेश गर्नेहरुले आश्रयका लागि निवेदन दिन नपाउने उल्लेख छ । तर अमेरिकन सिभिल लिबर्टिज युनियनले ट्रम्प प्रशासनको कार्य गैरकानुनी रहेको उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com