दिक्तेलमा भाइटीककै दिन आगलागी, पाँच घर नष्ट



प्रकाशित मिति : Nov 09, 2018

खोटाङ । खोटाङको दिक्तेलमा आज बिहान आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन् ।  करिब साढे तीन बजे देखि लागेको आगोले दिक्तेल बजारको रत्नपार्क्स्थित अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर नष्ट भएको हो ।

आगो नियन्त्रण गर्ने क्रममा अन्य तीन घर भत्काइएको थियो । आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ । आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र, सेना तथा स्थानीय खटिएका थिए । नगरपालिकाको दमकल नहुँदा आगो नियन्त्रणमा ढिलाई भएको थियो । दिक्तेल रुपाकोट नगरपालिकाको दमकल भने थन्किएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com