राष्ट्र बैंकका एक कार्यकारी निर्देशक नरवहादुर थापाको सरुवा (भिडियो)



प्रकाशित मिति : Nov 09, 2018

नेपाल राष्ट्र बैंकका एक कार्यकारी निर्देशक नरवहादुर थापाको सरुवा भएको छ । अर्थमन्त्री खतिवडाले थापालाई थापाथलीस्थित ऋण विभाग सरुवा गरेका हुन् ।
अर्थमन्त्री डा। युवराज खतिवडाको हस्तक्षेपमा राष्ट्र बैंकका एक कार्यकारी निर्देशक नरवहादुर थापाको सरुवा भएको छ । अर्थमन्त्री खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदैदेखि नरुचाइएका थापा सामान्य बिषयलाई मुद्दा बनाएर सरुवामा परेका हुन् ।

थापाले अघिल्लो साता अर्थमन्त्रीसँगको भेटमा सरकारले राजश्व थुपारेर राख्ने तर खर्च नगर्दा बैंकहरुमा तरलता अभाव भएको टिप्पणी गरेका थिए । उनको टिप्पणीपछि खतिवडाले थापासहित, गभर्नर डा। चिरञ्जिबी नेपाल र डेपुटी गभर्नर शिवराज श्रेष्ठसँग असन्तुष्टि पोखेका थिए । त्यसलगत्तै राष्ट्र बैंकले थापालाई अनुसन्धान विभागको प्रमुखबाट हटाएको हो । उनको ठाउँमा गुनाकर भट्टलाई ल्याइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com