नेपाली चाडपर्व चिनाउन जापानमा देउसीभैलो कार्यक्रम (फाेटाेफिचर)



प्रकाशित मिति : Nov 09, 2018

फुकुओका । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा देशैभर देउसी भैलो खेल्ने प्रचलन छ । विदेशमा पनि नेपालीहरूको सङ्ख्या बढ्दै गइरहेकाले देउसी भैलो खेल्ने प्रचलन बढ्दै गइरहेको छ ।

केही वर्ष यता नेपालमा मात्र होइन, विदेशमा रहेका नेपालीले पनि आफ्नो संस्कृति जोगाउनका लागि देउसी भैलो खेल्ने गरेका छन् । जताततै तिहारमा रौनक छाइरहेको बेला जापानमा रहेका नेपालीहरूले पनि आफ्नो संस्कृतिलाई पछ्याएका छन् । रोजगारी र पढाइका सिलसिलामा जापानमा रहेका नेपालीलेहरुले देउसी भैलो कार्यक्रम गरेका हुन् ।

विदेशमा रहे पनि नेपाली संस्कृति, परम्परा तथा संस्कारलाई निरन्तरता दिएनका लागि दीपावलीको अवसरमा जापानमा रहेका किरातीहरुले  फुकुओका ससुराली होटेलमा देउसी भैलो कार्यक्रम गरी मनाएका हुन् । नेपालीहरुको चार्डपर्वलाई संरक्षण सम्बर्धन गर्दै जापानीजहरुलाई पनि नेपाली चाडपर्व चिनाउनु लागि मनाएको  भविन्द्र कुलुङले बताए । सबैले नेपाली पहिचाहन झल्काउने पहिरहन लगाएर देउसी भैलो खेलेका थिए ।

तस्बिर: भबिन्द्र कुलुङ


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com