बुद्ध एयरको चरम लापरबाही: उडान डिले भन्दै अन्तिममा क्यान्सिल, यात्रु अलपत्र



प्रकाशित मिति : Nov 08, 2018
  • रिया भण्डारी,

काठमाडौं, २२ कात्तिक । छिटो र छरितो यात्राको निमित्त यात्रुहरुले हवाई यात्राको प्रयोग गर्ने गर्छन् त्यहि भएपर्दो हवाई यात्रा अन्तिम समयमा आएर स्थगित हुँदा कतिपय यात्रुहरु एयरपोर्ट मै अलपत्र पर्ने गरेका छन् ।

यस्तै भयो विहीबार शुक्रबारको भाइटीका लगाउन भनेर २० दिन अगाडि नै काठमाडौं देखि भरतपुरको लागि बुद्ध एयरमा टिकट लिएका यात्रु विहीबार २.३० मा उडान तालिका रहेको फ्ल्याइट यु ४ ३५९ क्यान्सिल भएपछि अलपत्र परेका छन् ।

सुरुमा फ्ल्याइट केहि ढिला हुने बताइयो तर ३. ४५ मा फ्ल्याइट क्यान्सिल भएको र भोली बिहान मात्र जाने बताइएपछि यात्रुहरु आक्रोसित भएका छन् ।

चाडपर्वका बेला आफ्ना आफन्त कहाँ छिटो र समयमै पुग्न हवाइजहाजको टिकेट काटेका यात्रुहरुले झन् पाउनु सम्मको सास्ती खेपेका छन् । तिहारको भाइटीकाको लागि भनेर बुद्ध एयरबाट भरतपुर जान टिकट काटेका यात्रुहरु अलपत्र परेपछि यात्रु र बुद्ध एयरका कर्मचारी प्रहरीबीच विहीबार एयरपोर्ट भित्रै घम्साघम्सी भएको छ ।

चाडपर्बका बेला फ्ल्याइट क्यनसिल र ढिला हुने समस्या बढी रहेको भन्दै हवाइयात्रुहरुको गुनासो बढ्दो छ ।

बुद्ध एयरको चरम लापरबाही: उडान डिले भन्दै अन्तिममा क्यान्सिल, यात्रु अलपत्र

छिटो र छरितो यात्राको निमित्त यात्रुहरुले हवाई यात्राको प्रयोग गर्ने गर्छन् त्यहि भएपर्दो हवाई यात्रा अन्तिम समयमा आएर स्थगित हुँदा कतिपय यात्रुहरु एयरपोर्ट मै अलपत्र पर्ने गरेका छन् ।यस्तै भयो विहीबार शुक्रबारको भाइटीका लगाउन भनेर २० दिन अगाडि नै काठमाडौं देखि भरतपुरको लागि बुद्ध एयरमा टिकट लिएका यात्रु विहीबार २.३० मा उडान तालिका रहेको फ्ल्याइट यु ४ ३५९ क्यान्सिल भएपछि अलपत्र परेका छन् ।सुरुमा फ्ल्याइट केहि ढिला हुने बताइयो तर ३. ४५ मा फ्ल्याइट क्यान्सिल भएको र भोली बिहान मात्र जाने बताइएपछि यात्रुहरु आक्रोसित भएका छन् ।

Posted by Sarad rai on Thursday, November 8, 2018

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com