पोर्तुगलको कृषिमा ५० जना बढी सवार ट्याक्टर दुर्घटना – कयौ नेपाली घाइते , एकको अवस्था चिन्ताजनक



प्रकाशित मिति : Nov 08, 2018

पोर्तुगलको कृषि कार्यमा ५० जना बढी काममा जाने सिलसिलामा भएको ट्याक्टर दुर्घटना परी कयौ नेपालीहरु घाइते भएका छन् भने एक जना नेपाली अचेत र चिन्ताजनक अवस्थामा छन्। सोमबार घटेको सो घटना आज मात्रै सार्वजनिक गरिएको खबर प्राप्त भएको छ ।

दाङ घर भइ हाल कम्पोर्टा, अलेन्तेजु, बेजा बस्दै आएका लोकेन्द्रबहादुर पुनमगर साथीहरुसंगै काममा पहिलो दिन जाने सिलसिलामा द्रुतगतिमा कुदिरहेका कम्पनीकै ट्याक्टर दुर्घटना हुदा गम्भीर घाइते हुनुका साथै ३ दिनदेखि अस्पतालमै अचेत अवस्थामै छन्। उनका शरीरका धेरै भागका हड्डीहरु टुटेको र अप्रेशन गरी खुट्टा र अन्य भागमा स्टिल रड राखिएको बुझिएको छ। अन्य घाइतेहरुको अवस्था सामान्य भएकोले उपचार पश्चात घर फर्किएको खबर छ ।

ट्याक्टरमा पचास जनाभन्दा बढी गरी अत्याधिक यात्रु कोचिनु र द्रुत गतिमा ट्याक्टर हाक्नु नै दुर्घटनाको कारण भएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ।

घाइते पुनमगरको अहिले शान्तिआगो स्थानीय अस्पताल बेजामा उपचार भइरहेको छ । घटनाको खबर बाहिर आएपछि स्थिति बुझ्न एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष तिलक गैरेको नेतृत्वमा एक टोली अस्पताल पुग्दा घाइते पुनमगर तिनदिनदेखि आइसियुमा अचेत अवस्थामा रहेको र अवस्था चिन्ताजनक भएकोले अस्पताल श्रोतले बिमारीको फोटो खिच्न नदिएको र निजको अवस्थाको बारेमा बिस्तृत जानकारी बाहिर ल्याउन अझै एक हप्ता लाग्नसक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएको जानकारी दिएका छन्।

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com