क्रिकेट मैदानमा खेलिरहेकी बालिका दिउँसै बलात्कृत, ४ पक्राउ



प्रकाशित मिति : Nov 08, 2018

काठमाडौं । काठमाडौंको मूलपानीमा खेलिरहेकी अवस्थामा दिउँसै बालिका बलाकृत भएकी छिन् । बुधबार दिउँसो मूलपानीको क्रिकेट मैदानमा खेलिरहेकी बालिका बलात्कृत भएकी हुन् ।

प्रहरीको अनुसार बुधबार दिउँसो १२ बजे क्रिकेट मैदानको कम्पाउण्ड बनाउने मजदुरहरुले १२ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् । कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ मा पर्ने क्रिकेट मैदानभित्र घुम्न आएका बेला बालिका बलात्कारमा परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घटनामा संलग्नको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउर पर्नेमा बर्दियाका नरेश चौधरी, बिक्कु थारु, डिल्लीराम थारु र धादिङका रविन इटनी रहेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com