लामो समयदेखि नेतृत्वविहीन अवस्थामा शिक्षण अस्पताल महाराजगन्ज र ट्रमा सेन्टर



प्रकाशित मिति : Nov 07, 2018

काठमाडौं, २१ कात्तिक । काठमाडौंका ठूला सरकारी अस्पताल नेतृत्व विहीन अवस्थामा छन् ।

राजनीतिक भागवण्डामा कुरा नमिल्दा उपकुलपति लगायत निर्देशक नियुक्ति हुन सकेको छैन । शिक्षण अस्पताल महाराजगन्ज र ट्रमा सेन्टर लगायत चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान लामो समय देखि नेतृत्व विहिन अवस्थामा छ ।

नेतृत्व अभावले अस्पतालका महत्वपूर्ण काम रोकिएका छन् । आर्थिक र प्रशासनिक काममा समस्या देखिएकोछ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), शिक्षण अस्पताल कार्यकारी निर्देशक विहीन भएको चार महिना पुगेको छ ।

शिक्षण अस्पतालको निर्देशकमा सरकारदेखि डाक्टर गोविन्द केसी सम्मको अडान रहेपछि निर्देशक नियुक्ति हुन नसकेको हो । सर्च कमिटी गठन भएपनि कसलाई सिफारीस गर्ने भन्नेमा कुरा मिल्न सकेको छैन ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com