२ लाख ७४ हजारसिहत २० जुवाडे पक्राउ



प्रकाशित मिति : Nov 07, 2018

कैलाली । कैलालीको धनगढीबाट २० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । धनगढीका विभिन्न स्थानमा जुवा खेलीरहेका २० जना जुवाडेहरुलाई २ लाख ७४ हजार ८ सय ४५ रुपैयाँसहित पक्राउ गरेको हो ।

मंगलबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर १ बाट ११ जना जुवाडे १ लाख ४५ हजार ७ सय १० रुपैयाँ र वडा नम्बर ३ बाट ९ जना जुवाडे १ लाख २९ हजार १ सय ३५ रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनएको छ ।

पक्राउ परेका २० जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको र उनीहरुलाई जुवा कसुर अन्तर्गत कारबाही सुरु गरिएको समेत प्रहरीले बताएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com