निखिल उप्रेतीको फिल्म ‘भिलेन’को पहिलो पोस्टर सार्वजनिक



प्रकाशित मिति : Nov 05, 2018

काठमाडौँ । फिल्म ‘भिलेन’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता निखिल उप्रेती स्टारर फिल्म ‘भिलेन’को पहिलो पोस्टर सार्वजनिक भएको हो ।

सार्वजनिक पोस्टरमा निखिल उप्रेतीको आक्रोशित अनुहारमा देखाईएको छ । रातो टिका लगाएका निखिलले जुङ्गा पालेका छन् । देवेन्द्र पाण्डेको निर्देशन रहेको फिल्म भिलेनलाई बल बहादुर श्रेष्ठले निमार्ण गरेका हुन । मौनता श्रेष्ठको लेखन रहेको फिल्मलाई मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन गरेका छन् । फिल्मको छायांकन सौरभ लामा, मदन कस्यप घिमिरेले गरेका छन् । मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन गरेका छन् ।

बसन्त सापकोटा, बाबु गिरी, लालकुमार बरालले संगीत भरेको फिल्ममा सुक्रराज शाहको द्धन्द छ । दिपेन्द्र तिमल्सिना, दिपक श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा निखिलसँगै नायिका  निशा अधिकारी, शिल्पा पोखरेल र कलाकार कपिल खत्री लगाएतले अभिनय गरेका छन् । फिल्म भिलेनलाई पौष २७ गते रिलिज मिति तोकिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com